चितवनमा एक सय किलो गाँजासहित दुई जना पक्राउ

चितवन । चितवन प्रहरीले गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको राप्ती नगरपालिका ५ भण्डारा चोकबाट सोही नगरपालिकाका दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्ती–११ आँपपानी बस्ने २५ वर्षीय दोर्जे तामाङ र २४ वर्षीय पदमबहादुर मोक्तान रहेका छन् ।

इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले भदौ २१ गते राती १ वजेको समयमा चितवन राप्ती नपा–८ दबाडीचोक नजिक पम्फा खोला किनारमा ५ वटा बोरामा पोका बनाइ राखेको गाँजा बरामद गरेको हो । घटनामा संलग्नलाई भने प्रहरीले असोज १ गते पक्राउ गरेको चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए ।

प्रहरीले ना३९प २२५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेकाे छ । घटनामा संलग्न १ जना अझै फरार छन् ।

प्रतिक्रिया