काेभिड विश्व अपडेट: संक्रमितको संख्या ३ कराेड ३ लाख बढी

विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या तीन करोड तीन लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५० हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित दुई करोड २० लाख ४६ हजार ४८८ व्यक्ति कोरोना मुक्त भएका छन् ।

कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६८, ७४,५९६ भन्दा बढी संक्रमित भएका छन् भने २ लाख २ हजार २१३ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै संक्रमित भारतका छन् भने तेस्रो बढी संक्रमित रहेको देश ब्राजिल हो ।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस संक्रमितको सङख्या ५२ लाख नाघेको छ । ब्राजिलमा १,३५,०३१ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने, भारतमा हालसम्म ८४,४०४ जनाको मृत्यु भएको छ । रुस १०,८५,२८१ संक्रमितसहित चौथो स्थानमा छ भने, पाँचौँ स्थानमा रहेको पेरुमा ७,५०,०९८ व्यक्ति संक्रमित छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा संक्रमण देखिएको छ । रासस

प्रतिक्रिया