नेपालमा हालसम्मकै उच्च संक्रमित थपिए : थप २ हजार २० जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो संख्या उच्च हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् । यस्तै पछिल्लो २४ घण्टामा ८७१ संक्रमित डिस्चार्ज भएको पनि प्रवक्ता गौतमले जानकारी दिए ।

आजको थप अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ । संक्रमितमध्ये ४३ हजार ८२० जना डिस्चार्ज भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा नै थप ७ जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै मृतक संख्या ३९० पुगेकाे छ ।

प्रतिक्रिया