४३ मा किनेकाे प्याज ८० मा बिक्री, खुशी स्टाेरका सञ्चालक पक्राउ

बारा । प्याजकाे कालाेबजारी गरेकाे अभियाेगमा एक व्यापारी पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका-१ स्थित खुशी स्टोरका सञ्चालक सोही ठाउँ बस्ने चन्दन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

प्याजको कृतिम अभाव देखाई खरिद मूल्यको दोब्बरसम्म बिक्री गरी कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी उक्त स्टोरमा ग्राहक बनी पुगेकाे थियाे । प्याज खरिद गर्दा प्रतिकिलो ४३ रुपैयाँमा खरिद गरेको प्याजलाई साहले प्रतिकिलो ८० रुपैयाँमा बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरिएका हो ।

स्टोरमा लुकाई राखेको ४ सय ५८ किलो प्याज समेत प्रहरीले बरामद गरेको छ ।

साहलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया