‘टेनिस खेलको भीआईपी बक्समै मोडलमाथि जबरजस्ती !’

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि याैन दुर्व्यवहारकाे आरोप लागेको छ । अमेरिकी पूर्वमोडल एवम् कलाकार एमी डोरिसले ट्रम्पमाथि याैन दुर्व्यवहारकाे आरोप लगाएकी हुन् ।

उनले द गार्जियनसँगको अन्तर्वार्तामा ट्रम्पले २३ वर्षअघि ओपन टेनिस च्याम्पियनशीपका क्रममा आफूमाथि जबरजस्ती गरेकाे आराेप लगाएकी हुन् । उनले आफूलाई ट्रम्पसँग तत्कालिन प्रेमी जेसन बिनले भेटाएको बताएकी छन् ।

अन्तर्वार्ताका क्रममा एमीले न्युयोर्कमा टेनिल खेलका क्रममा १९९७ सेप्टेम्बर ५ मा भीआईपी बक्समा वाथरुम बाहिर ट्रम्पले जबरजस्ती गरेको दाबी गरेकी छिन् । उनले भनेकी छिन्- ‘म त्यतिबेला २४ वर्षकी थिएँ । ट्रम्पले मलाई कसेर समाते । जबरजस्ती किस गरे । म उम्किन खोजिरहेकी थिएँ । उनले झन् कसे र मेरो स्तन, पुठ्ठा र सबै संवेदनशील ठाउँमा छोए ।’

यद्यपी ट्रम्पले भने एमीकाे दाबीमाथि खण्डन गरेका छन् । ट्रम्पका वकिलले राष्ट्रपति चुनावभन्दा पहिला उनको इमेज खराब गर्न यस्ता प्रकारका आरोप लगाइएको टिप्पणी गरेका छन् । राष्ट्रपति चुनाव ३ नोभेम्बरमा हुँदैछ ।

एमीले अघिल्लो चुनावकै बेला यो भन्न खोजेको तर डरले भन्न नसकेको पनि उल्लेख गरेकी छन् । यसअघि पोर्नस्टार स्टोर्मी डेनियलले दुर्व्यवहारको आरोप लगाएकी थिइन् । घटना बाहिर नल्याउन ट्रम्पले पैसाको अफर गरेको पनि बताएकी थिइन् ।

प्रतिक्रिया