सोलुखुम्बु : भालुको आक्रमणबाट एकको मृत्यु, ४ जना घाइते

काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

महाकुलुङ गाउँपालिका ३ छेस्कामका प्रेम कुलुङको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिइन् ।

३६ वर्षीय प्रेम जंगलमा मालिङ्गो काट्न गएका बेला उक्त घटना घटेको बताउँदै अधिकारी सुवेदीले त्यहाँ प्रहरी परिचालनसमेत गरिसकेको बताइन् ।

‘घटनास्थलमा प्रहरी परिचालन गरिसकेको छु । घटनास्थल टाढा भएको कारण त्यहाँ टोली पुग्न समय लाग्छ ।” अधिकारी सुवेदीले मकालु खबरसँग भनिन्, ‘घटनाबारे विस्तृत विवरण त्यसपछि मात्रै थाहा हुन्छ । अहिले जानकारीमा आएको कुरा यति मात्रै हो ।’

प्रेमको आक्रमणपछि उपचारका लागि छेस्काम स्वास्थ्य चौकी लैजाने क्रममा मृत्यु भएको थियो ।

४ जना घाइते
यस्तै उक्त आक्रमणमा ४ जना घाइते भएका छन् ।

सोलुखुम्बुमा भालुको आक्रमणबाट वर्षेनी दर्जनौंको ज्यान जाने गरेको छ भने अन्य धेरै अंगभंग हुने गरेको छ ।

प्रतिक्रिया