वीपीमा गरिएको पीसीआर परीक्षणमा थप २७ जनाको रिपोर्ट पोजेटिभ

काठमाडौं । धरानस्थि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

वीपी कोभिड अस्पतालको आइसोलेसनमा २१ जना छन् । हालसम्म वीपीमा उपचाररत् २८ जनाकाे मृत्यु भइसकेकाे छ ।

वीपीकाे प्रयाेगशालामा हालसम्म ५२ हजार ४१२ जनाकाे स्वाब परीक्षण गरिएकाेमा २ हजार ३७७ जनाकाे पाेजेटिभ आएको प्रवक्ता निदेश सापकाेटाले जानकारी दिए ।

नेपालमा आजसम्म ५९ हजार ५७३ जनाकाे रिपाेर्ट पाजेटिभ आएको छ । संक्रमितमध्ये ४२ हजार ९४९ जना डिस्चार्ज भइसकेका छन् । ३८३ जनाकाे मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया