काेराेना संक्रमणबाट चितवनमा सर्लाहीका ५५ वर्षीय पुरूषकाे मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा आज थप एकजना कोरोना भाइरस (काेभिड १९) संक्रमितको मृत्यु भएको छ ।

सर्लाही जिल्ला हरिपुर निवासी ५५ वर्षीय एक पुरुषको आज (शुक्रबार) बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृगौलासम्बन्धि समस्या भएका उनीमामा १८ गते कोरोना पुष्टि भएको थियो ।

उनको कोभिड आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

गएराति मात्रै चितवन मेडिकल कलेजमा एकजना कोरोना संक्रमितको मृत्यु भएको थियो । यसअघि शुक्रबार नै चितवन मेडिकल कलेजमा उपचाररत् नवलपरासी देवचुलीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया