जंगल जानुअघि चिम्पान्जीको यो हर्कतले भावुक बन्याे माहाेल (भिडिओ)

नयाँ दिल्ली । सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा एक चिम्पान्जी जंगलमा जानुअघि केयर टेकरहरुसँग अंगालो मारिरहेको देखिन्छ ।

जंगलमा छोडिनुअघि ऊ कुनै चिडियाखाना या हेरचाह केन्द्रमा रहन्थ्यो । त्यसपश्चात उसलाई जंगलमा सारिएको हो ।

छोड्नका लागि उसलाई एक फलामको बक्समा बन्दद गरेर जंगल ल्याइएको थियो । जब बाक्साको गेट खोलियो तब चिम्पान्जी बाहिर आउँछ र दुई कदम अघि बढ्छ । त्यस समय एक केयर टेकर चिम्पान्जीलाई बोलाउँछिन् । उनको आवाज सुनेर चिम्पान्जी फर्केर आउँछ र केयर टेकरहरुलाई अँगालो मार्छ ।

यस समय ऊ निकै भावुक देखिन्छ । मानौँ कि ऊ भनिरहेछ– ‘परिवर्तन नै संसारको नियम हो, म जानुपर्छ ।’ सबैसँग अँगालो मारेपछि ऊ भारी मन बनाएर जंगलतर्फ मोडिन्छ ।

उक्त भिडियो भारतीय वन सेवाका अधिकारीले सेयर गरेका हुन् ।

प्रतिक्रिया