पेरिसडाँडामा बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । आजका लागि तय भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । बिहान ११ बजे पेरिसडाँडास्थित कार्यालयमा बस्ने तय भएको बैठक आइतबारका लागि सारिएको हो ।

भदौ २६ गते सकिएको स्थायी समिति बैठकले गरेका निर्णयहरूको कार्यान्वयनका लागि छलफल गर्न सचिवालय बैठक डाकिएको थियो । पार्टी एकता पहिलो पटक पूर्व माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिस डाँडामा बैठक बस्ने निर्णय नेकपाले गरेको थियो ।

अब आइतबार बस्ने बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषय, एमसीसी, संवैधानिक राजनीतिक नियुक्ति, पार्टी एकीकरणका बाँकी काम लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया