नेकपा उपाध्यक्ष बामदेव गौतम अब माननीय

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मनोनित बामदेव गौतमले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का का उपाध्यक्ष गौतमलाई बिहीबार (आज) राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् ।

अपराह्न राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

प्रतिक्रिया