बिहीबार १२४३ संक्रमित डिस्चार्ज हुँदा १२४६ जनामा संक्रमण पुष्टि, ४ काे मृत्यु

काठमाडौं । आज (बिहीबार) थप एक हजार २४६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । १० हजार ६४१ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार २४६ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।

यस्तै पछिल्लाे २४ घण्टामा एक हजार २४३ जना संक्रमित डिस्चार्ज भएका छन् भने थप ४ जनाकाे मृत्यु भएकाे  छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ७ हजार ८८३ जना क्वारेन्टिनमा छन् । १६ हजार २४१ जनाकाे उपचार जारी छ । सबैकाे स्वास्थ्य अवस्था सामान्य छ ।

आजकाे थप अपडेटसँगै नेपालमा कुल संक्रमितकाे संख्या ५९ हजार ५७३ पुगेकाे छ । संक्रमितमध्ये ४२ हजार ९४९ जना डिस्चार्ज भइसकेका छन् । मृतक संख्या ३८३ पुगेकाे छ ।

 

प्रतिक्रिया