क्रिकेटर भण्डारीको शल्यक्रिया सफल, यस्ताे छ स्वास्थ्य अवस्था

काठमाडौं । आइतबार राति दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य ललित सिंह भण्डारीको काठमाडाैंस्थित ग्राण्डी अस्पतालमा शल्यक्रिया सफल भएकाे छ ।

आइतबार साँझ भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई से १ ख १३२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटना लगतै उनलाई उपचारका लागि आइतबार राती नेपालगन्जस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि अहिले थप उपचारका लागि उनलाई ग्राण्डी ल्याइएकोमा दायाँ हातको मुख्य शल्यक्रिया सफल भएको क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले जानकारी दिएको छ । शल्यक्रिया डा. चक्रराज पाण्डे र उनको टिमले गरेको थियो । उनको स्वास्थ्य अहिले स्थिर रहेको छ ।

प्रतिक्रिया