चितवनका स्थानीय तहमा प्रहरीले राख्यो गुनासो पेटिका

चितवन । चितवनको स्थानीय तहहरुमा प्रहरीले गुनासो तथा सुझाव पेटिका राखेको छ । जिल्ला प्रहरी कार्यालय र यसका मातहतमा रहेका इलाका प्रहरी कार्यालयले आफ्नो सेवा क्षेत्रमा रहेका स्थानीय तहमा गुनासो पेटिका राखेका हुन् ।

उक्त गुनासाे पेटिकाकाे नगरपालिका उपमेयर सुनिता थपलियाले सो गुनासो पेटिकाको अनावरण गरिन् । सो अवसरमा उपमेयर थपलियाले सकेसम्म सेवाग्राहीको गुनासो नआउने गरि प्रहरीले सेवा प्रवाह गर्नुपर्ने बताइन् । ‘सबैको प्रयासमा शान्ति अमनचयन हुन्छ । प्रहरीबाट पनि चुस्त, दुरुस्त काम गर्नुपर्छ, सेवाग्राहीको गुनासो आउनु हुँदैन’, उनले भनिन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले बिहीबार एकैदिन जिल्लाका पालिकाहरुमा गुनासो तथा सुझाव पेटिका राखिएको जानकारी दिए । बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक बर्ष २०७७ अन्तर्गतको कार्यक्रम अनुसार प्रत्येक पालिकामा गुनासो पेटिका राखिएको हो ।

प्रवक्ता थापाका अनुसार जिल्ला प्रहरि कार्यालयले भरतपुर महानगरपालिकामा, इलाका प्रहरी कार्यलय टाँडिले रत्ननगर नगरपालिका र कालिका नगरपालिका, इलाका प्रहरी कार्यालय खैरहनिले खैरहनी नगरपालिका, इलाका प्रहरी कार्यालय भन्डाराले राप्ती नगरपालिका, इलाका प्रहरी कार्यालय माडिले माडी नगरपालिका र इलाका प्रहरी कार्यालय मुग्लिङले इच्छाकामना गाउँपालिकामा सुझाव पेटिका राखिएको छ । प्रहरीप्रतिको जनताको धारणा संकलन गरि रणनीतिक कार्यक्रम बनाउन समेत सुझाव पेटिकाले मद्दत गर्ने प्रवक्ता थापाले बताए ।

प्रतिक्रिया