वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित

काठमाडाैं । सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गाैतम राष्ट्रिय सभा सदस्यमा मनाेनित भएका छन् ।

नेपालकाे संविधानकाे धारा ८६ काे उपधारा (२) काे खण्ड (ख) बमाेजिम नेपाल सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया