सामाजिक विकासमन्त्री घिमिरे कोरोनामुक्त

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त भएर फर्किएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उनको रिपोर्ट आज (बिहीबार) नेगेटिभ आएको जनाएको हाे ।

मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । उनी संक्रमण पुष्टि भएको १८ दिनपछि संक्रमणमुक्त भएका हुन् ।

मन्त्री घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया