वीपी प्रतिष्ठानमा थप २३ जनाकाे कोरोना रिपाेर्ट पोजेटिभ

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २३ जनाको रिपोर्ट पोजेटिभ आएका छन् । त्यहाँ अहिले २५ जना आइसोलेसनमा रहेकाे प्रवक्ता निदेश सापकाेटाले जानकारी दिए ।

वीपीमा हालसम्म २८ जनाको मृत्यु भएको छ । भर्ना भएका ७७६ मध्ये ७११ जना डिस्चार्ज भइसकेका छन् । अहिलेसम्म ५२ हजार ५१ जनाको परीक्षण गरिएकोमा २ हजार ३१८ पाजेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म दिएकाे अपडेट जानकारी अनुसार देशभर कुल संक्रमितकाे संख्या ५८ हजार ३२७ पुगेकाे छ भने संक्रमितमध्ये ४१ हजार ७०६ जना निकाे भइसकेका छन् । ३७९  जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया