कोभिड पीडित शशांकको भिडिओ सन्देश–‘म ठीक छु, चिन्ता लिनु पर्दैन’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूलाई ठीक हुँदै गएको बताएका छन् ।

हाल चाबहिलस्थिति ओम अस्पतालमा आइसोलेटेड् भएर बसेका कोइरालाले भिडिओसन्देशमार्फत् आफ्नो स्वास्थ्य क्रमिक रुपमा ठीक हुँदै गएको बताएका हुन् ।

यस्तै उनले आफ्नो अनुयायीहरुलाई चिन्ता नलिनसमेत भनेका छन् ।

“म कोभिडबाट प्रभावित भएको व्यक्ति । आज म ओम नर्सिङ्ग होमको आइसोलेशनमा छु ।” उनले भनेका छन्, ‘तपाईँहरु  चिन्ता लिनु पर्दैन । केही दिनपछि डिस्चार्ज हुन्छु ।’

गत २३ भदौमा कोभिड पुष्टि भएका महामन्त्री कोइरालालाई २९ भदौमा ओम अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि उनलाई हिजो आइसीयूमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया