कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ ।

ज्वरो आएपछि ओम अस्पतालमा भर्ना भएका कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको हो ।

अस्पताल श्रोतका अुनसार उनले हिजैदेखि नै खाजासँगै जुस पिइरहेका छन् ।

उनलाई हिजो आइसीयूमा राखेर उपचार गरिएको थियो ।

श्रोतका अनुसार उनको उपचारको लागि रेम्डेसिभिरसमेत प्रयोग गरिएको थियो ।

प्रतिक्रिया