मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीले दिए यस्तो शुभकामना

काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन् । ट्वीटरमार्फत जन्मदिनको शुभकामना दिदै प्रधानमन्त्री ओलीले नेपालभारत सम्बन्ध थप बलियो बनाउनका लागि निरन्तर काम गर्ने उल्लेख गरेका छन् ।

‘प्रधानमन्त्री मोदी जी तपाईँलाई जन्मोत्सवको न्यानो शुभकामना । शुस्वास्थ्य र खुशी प्राप्त होस्,’ ओलीले शुभकामना दिदै भनेका छन्, ‘हामीले निकै निकटमा रहेर दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनका लागि काम गर्ने छौँ ।’ ओलीले शुभकामनामा भनेका छन् ।

प्रतिक्रिया