विश्वमा संक्रमितको संख्या ३ करोड नाघ्यो, अमेरिकामा मात्रै २ लाख बढीले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड ३३ हजार नाघेको छ भने ९ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ३३ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ९ लाख ४५ हजार ७७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म २ करोड १८ लाख ७८ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख १ हजार ३४८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ६८ लाख २८ हजार ३०१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार १५४ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार १५१ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ हजार २३० पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ९७ हजार ८५९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५१ लाख १५ हजार ८९३ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४४ लाख २१ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९६७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ३४ हजार १७४ पुगेको छ ।

नेपालमा बुधबार देशभर गरी १ हजार ५३९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५८ हजार नाघेको छ । अहिले देशभरि १६,२४८ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये ८,५४१ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३७९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया