मृत्यु भएकाको कोरोना परीक्षण नगर्नु : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेकाको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘इन्सिडेन्ट कमान्ड’ सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

‘शंकास्पद मृत्युको कोरोना परीक्षण गर्ने सन्दर्भमा शव व्यवस्थापन गर्दा सावधानी अपनाएर दाहसंस्कार गर्ने र निजको सम्पर्कमा आएकाहरूलाई अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने तर शवबाट नमूना निकाली परीक्षण गर्ने काम नगराउने’ उनले भने।

मृत्यु पछि पनि कोरोना परीक्षण गर्दै आइएको सूचाना आएपछि अब त्यसो नगर्न मन्त्रालयले भनेको हो ।

प्रतिक्रिया