बाजुराको विकासमा प्रकृति नै बाधक हो त ?

  • भरत बहादुर रोकाया

सन् १९८४ अक्टोवर १ तारिखदेखि बाजुरा हवाई जहाजको माध्यमबाट नेपालगंज, धनगढी, काठमाडौं जस्ता प्रमुख शहरहरुसंग कनेक्ट जोडियो । बाजुराको उत्तरी भेग कोल्टीमा बनेको कोल्टी विमानस्थलले बाजुरालगायत हुम्ला, कालिकोट, मुगु लगायतका जिल्लाहरुका मानिसहरुलाई अनेकन किसिमका सुविधाहरुसंग जोडिदियो ।

यो क्षेत्रका मानिसहरुलाई सामाजिक, आर्थिक रुपमा परिवर्तन आउने गरी अन्य शहरहरुसंग कनेक्ट हुँदा बाजुरेलीलाई फाइदा नै भएको छ । तर पनि यो सडक सञ्जालभन्दा खर्चिलो र सबैले सजिलै प्रयोग गर्न नसकिने देखिन्छ । विमानस्थल अहिले पक्की भएको छ । लिन सक्नेले सुविधा पनि लिएकै छन् । यसपटकको बाढी पहिरोको समयमा हवाइजहाजले ढुवानी गरेको सामान सामान्य जनताले किनेर खानसक्ने अवस्था रहेन । त्यसैले सडकलाई कसरी दिगो दरिलो र भरपर्दो बनाउने भन्ने कुरामै जोड् दिदा राम्रो हुन्छ ।

२०५१ सालमा आछाम जिल्लाको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ५७ किलोमिटर सडक तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उदघाटन गरे । सो बेलादेखि बाजुराका आम मानिसहरुमा बिकासको आशाको जागेकै हो । त्यसलगतै २०५२ सालबाट नेकपा माओवादीले थालेको सशस्त्र द्धन्द्धको राजनीतिले यो आशामा तुषारापात भयो ।

२०५१ सालमा आछाम जिल्लाको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ५७ किलोमिटर सडक तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उदघाटन गरे । सो बेलादेखि बाजुराका आम मानिसहरुमा बिकासको आशाको जागेकै हो । त्यसलगतै २०५२ सालबाट नेकपा माओवादीले थालेको सशस्त्र द्धन्द्धको राजनीतिले यो आशामा तुषारापात भयो । यो सडकले २०६२÷२०६३ को आन्दोलन र शान्ति स्थापनापछि मात्र निरन्तरता पाउन थाल्यो । बाजुरा जाने बेलिबृज बझाङ जाँदैछ भन्ने हल्ला बाजुरामा चलेपछि विकासमा पिल्सिएका बाजुरेलीहरुले बाजुरा सदरमुकाम मार्तडीमा विरोध प्रदशन गरे । साथै काठमाडौंमा पनि सक्ने जति नेताहरुको प्रयासले बुढीगंगा नदिको जडंगामा त्यो बेलिब्रिज बन्यो । र बाजुरा सदरमुकाम जानका लागि सहज भयो । साथै सम्पूर्ण बाजुरेलीलाई धनगढीसंग जोड्यो ।

त्यही समय आसपास अछामको ठाँटी, आर्दोआला, बाजुराको इकडी, बार्जुगाडी, गुइगाड दुइ वटा, ताँप्रिसेरा, तिपाडा, बुढीगंगा, कोर्द र विरे खोला गरी सानाठूला १२ वटा पुल बने । बाजुराको कनेक्टीभिटी प्रदेश राजधानी धनगढीदेखि काठमाडौंसम्म बढदै गएको थियो । त्यसैको परिणाम स्वरुप गतवर्ष ढम्कनेको अगार्निक आलु शहर बजारमा पुग्यो । पाण्डुसैन जुकोट, जगनाथ, साप्पाटाका स्याउ काठमाडौं, नेपालगंज, धनगडी लगायतका शहर बजारमा पुगे । केही समय अन्य ठाँउका स्याउ विस्थापन गरी बाजुराका स्याउले बजार लियो । शहरबाट खाद्यन्न बोकेर आएको ट्रकमा बाजुरनबाट कोदो, आलु, फापर, स्याउ लगायतका स्थानीय लोकल उत्पादन भरेर पठाउन सकिन्छ ।

तर यो वर्ष सडकको कारणले बाजुराको उत्पादन शहर बजारमा पुगेको देखिदैन । स्थानीय चुनाव सम्पन्नपछि त ९ वटै स्थानीय निकायहरुमा साडकले मात्रै बढी प्राथमिकता पाएको छ । डोजर प्रयोग गरी बनाएका ति सबै सडकहरु अहिले छेदबिच्छेद भएका छन् । बाढीले सबै कुराको संभावना अझै पर धकेलिदियो । सयौं हेक्टर रातो चामल उत्पादन हुने खेत, कादो, मकै, आलु तथा अन्य बाली फलाउन सकिने उर्भर जमिन निमिस भर बगरमा परिणत भयो । ६ जना बाजुरेलीको ज्यान लिने गरी आएको बाढीको वितण्डाले २६ बर्ष देखिको बाजुरेलीको धन र पसिना लगाएको साडक छेदविच्छेद बनाउनुको साथै बेलिब्रिज १, पक्की पुल १, झोलुङ्गे पुल २ गरी स्थानीय साँघु त हिसाबै नहुने गरी करोडौको सम्पति विनास बनायो ।

जिउधन, घर, पशु चौपाया कता लग्यो भेउनै पाइएन । मानिसहरु घरबारबिहीन भए । योबीचमा स्थानीय सरकारहरु, प्रमुख जिल्ला अधिकारी, लिल्ला प्रहरी कार्यलय, रेडक्रस लगायतका सरोकार निकायहरु उद्योगी व्यवसायीहरुले, प्रदेश सरकार र संघ सरकारले राहत तथा पुनस्थापनाका कामहरु आ-आफ्नो तह तप्काको क्षमताले भ्याएसम्म गरिरहेका छन् । जनतालाई दुःख परेको समयमा साथ र हौसला दिने सबै धन्यवादका पात्र हुन् ।

यहि सडकको कारणले नै हामी जन्मेदेखि नै सुन्दै आएका छौ की बाजुरा खान नपाउनेहरुको बसोबास भएको जिल्ला हो । भोकमरी मात्रै हुन्छ । कहिलेकाही लाग्छ कि हामी बाजुरेलीहरुको इज्जत नै छैन । अहिले यहि सडकका कारणले मार्तडी र कोल्टीमा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बर बढेको छ । कालोबजारी बढेको छ । हाम्रो विकासका लागि कत्ति लामो समयसम्म गुइगाड बाधक भनियो र भयो पनि । त्यहाँको समस्या समाधान भएको भान के भएको थियो यता पैमाको पहिरोको कारणले नदि थुन्यो र नदीको कटान अर्को तिरको किनारालाई बनाउँदा सडकभन्दा पनि ओमकोटको बस्ती नै उच्च जोखिममा परिसक्यो ।

शहरबाट खाद्यन्न बोकेर आएको ट्रकमा बाजुरनबाट कोदो, आलु, फापर, स्याउ लगायतका स्थानीय लोकल उत्पादन भरेर पठाउन सकियो तर, यो वर्ष सडकको कारणले बाजुराको उत्पादन शहर बजारमा पुगेको देखिदैन ।

यो पहिरोमा काम चलाउ सडक बन्ला तर दिगो हुने सम्भावना देखिदैन । त्यसैले हामीले यो सडक खण्डमा विकल्प खोज्न जरुरी छ । पहिलो विकल्प ओमकोटको माथिबाट तिपाडामा मिसाउने, अर्को हो आटिचौर, जुगाडा, भौने हुदै मार्तडी जोड्ने बाहेक अन्य विकल्प छैन अब । यदि हामी दिर्घकालिन समाधान तिर लाग्ने हो भने साडकलाई नयाँ सिराबाट सोचेर एलायनमेण्ट गर्न जरुरी छ । भौगोलिक तथा प्राकृतिक हिसावले यो ठिक हुन्छ । अर्को कुरा मार्तडीदेखि कोल्टी पिलुचौरसम्मको साडकको पनि हालत त्यही नै छ यता तिर पनि ध्यान दिनु जरुरी छ ।

यी सबै हुनुको पछाडि भौगोलिक विकटता, कमजोर भु–बनोट, दैविप्रकोप हुँदाहुदै केही हामी माववीय कमजोरीहरु पनि छन् । कुनै पनि परियोजना सुरु गर्न त्यहाँको माटो परिक्षण, भु–बनोटको अवस्था, भू–क्षय, बाढी पहिरो अदि प्राकृतिक प्रकोपजन्य समस्याबाट बच्ने गरी सडक एलायमेण्ट गरिएको भए आज यो अवस्था सिर्जना हुदैन पो थियो कि ?

  • लेखक रोकाया नेपाली काँग्रेस बाजुराका जिल्ला कार्यसमितीका सदस्य हुन् ।
प्रतिक्रिया