१,५३९ नयाँ संक्रमित थपिँदा १,०६८ जना डिस्चार्ज : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार (आज) नै १ हजार ५३९ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।

योसँगै हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोनाबाट निको भएका छन् ।

यीसहित हालसम्म निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ ।

कूल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया