कुलमानको बिदाइसँगै निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

काठमाडौँ । कुलमान घिसिङको बिदाइ गरे लगत्तै लेखनाथ कोइरालालाई नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको छ।

अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालालाई निमित्त कार्यकारी प्रमुखकको जिम्मेवारी दिइएको हो । वरिष्ठताको आधारमा कोइरालालाई जिम्मेवारी दिइएको बताइएको छ ।

भदौ २८ गते आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक घिसिङको आज विद्युत् प्राधिकरणका कर्मचारीले औपचारिकरुपमा बिदाइ गरेका थिए ।

 

प्रतिक्रिया