आन्तरिक हवाई उडान र लामो दूरीका सवारी असोज १ देखि खुल्ने

काठमाडौं । सरकारले अन्तरिक हवाई उडान र लामाे दुरीका सवारी असाेज १ गतेदेखि खुला गर्ने निर्णय गरेकाे छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान र लामाे दुरीका यातायात खाेल्ने निर्णय गरेकाे हाे ।

विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ । त्यस्तै बसमा ५० प्रतिशत भाडा बढी तिर्नुपर्नेछ । यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ भने एउटा लहरमा एक जनामात्र यात्रु बस्नु पर्ने सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

 

प्रतिक्रिया