काठमाडौं उपत्यकामा थपिए ६७६ संक्रमित, कुन जिल्लामा कतिको गयो ज्यान ? (सूचीसहित)

काठमाडौं । आज (मंगलबार) एकैदिन काठमाडौं उपत्यकामा ६७६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लाे २४ घण्टामा थप ११ जनाकाे मृत्यु भएकाे छ । सर्लाही, सिराहा, बारामा एक/एक जनाकाे मृत्यु भएकाे हाे । त्यस्तै काठमाडाैंमा ४ जनाकाे मृत्यु भएकाे छ । त्यसैगरी मकवानपुर, रूपन्देही र कपिलवस्तुमा पनि एक/एक जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

याेसँगै मृतक संख्या ३७१ पुगेकाे छ ।

प्रतिक्रिया