मंगलबार थप १०६२ जना डिस्चार्ज हुँदा १४५९ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या ५६ हजार ७८८ पुगेकाे छ । आज (मंगलबार) थप एक हजार ४५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५६ हजार नाघेकाे हाे ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६२ जना डिस्चार्ज भएका छन् । याेसँगै संक्रमणमुक्त हुनेकाे संख्या ४० हजार ६३८ पुगेकाे छ । आज क्वारेन्टिनमा ७ हजार २५० जना रहेका छन् ।

यस्तै पछिल्लाे २४ घण्टामा १० हजार ३७५ जनाकाे पीसीआर परीक्षण भएकाे छ । थप ११ जनाले ज्यान गुमाएका छन् । याेसँगै मृतक संख्या ३७१ पुगेकाे छ ।

प्रतिक्रिया