१८ घण्टे लोडसेडिङ हटाउने कुलमान बिदा, अब आउने निर्देशकले थाम्लान् उनको विरासत ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिदा भएका छन् ।

उनलाई मंगलबार (आज) प्राधिकरणका कर्मचारीले औपचारिक रुपमा विदाई गरेका हुन् ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट हुने गरी विकास गरेको बताए ।

“हामीले पहिलो कार्यकालका रुपमा आज उहाँको बिदाइ गर्दैछौँ । अबको १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस्”, उनले विदाई गर्दै भनेका छन् ।

विदाईका क्रममा घिसिङलाई बुद्ध उपहारसमेत दिइएको छ । प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमानको आइतबार ४ वर्षे कार्यकाल सकिएको थियो ।

गत २८ गते बसेको मन्त्रिपरिषद् बैठकमा उनको नियुक्तिको बारेमा निर्णय हुने भनिए पनि प्रधानमन्त्री ओलीले नचाहेका कारण छलफल पनि नभएको श्रोतले बताएको छ ।

यद्यपि ऊर्जामन्त्री वर्षमान पुनले भने उनलाई पुनः नियुक्ति गर्नका लागि बालुवाटार उक्त प्रस्ताव पुर्याइसकेका छन् ।

प्रतिक्रिया