कोरोना संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु

पर्सा । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट वीरगञ्जमा थप एक जनाकाे मृत्यु भएकाे छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा आइसीयुमा उपचाररत बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिलाकाे मृत्यु भएकाे हाे । उच्च ज्वरो, कडा निमुनिया र श्वासप्रश्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते सोमबार अस्पताल ल्याएका थिए ।

सोही दिन ती महिलाकोे पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ । कडा निमोनिया र श्वासप्रश्वासमा समस्याका कारण महिलाको मृत्यु भएको अस्पतालले जनाएकाे छ । शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया