प्रचण्डको सम्झनामा ‘बोगटी’

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा नेता पोष्टबहादुर बोगटीलाई सम्झिएका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा तस्वीरमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पूर्वसहकर्मी बोगटीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

बोगटीको स्मृतिमा बृहत् कार्यक्रम राख्ने गरिएकोमा यसपटक कोरोना महामारीका कारण भीडभाड नगरी कार्यक्रम गरिएको हो ।

पूर्व माओवादी नेतासमेत रहेका बोगटीको २०७१ भदौ ३० गते हृदयाघातबाट निधन भएको थियो ।

प्रतिक्रिया