बन्द मात्रै कोरोनाबाट जोगिने उपाय हैन, स्वस्थ्यको मापदण्ड पुरा गरेर काममा लागौं

•रनिता अधिकारी

काठमाडौं । कोरोनाका कारण विश्व नै त्रासित भएको छ । दिनमा निको हुनेको संख्याभन्दा संक्रमण हुनेको संख्या बढ्दै गहिरहेको छ । मृत्यु हुनेको संख्या पनि बढ्दै गहिरेको छ ।

कोरोनाकाे कारण सरकारले चैत ११ गतेबाट देशभर नै लकडाउन गरेको थियो । लकडाउन मात्रै गर्दा समस्या पर्दै गएको कारण असोज ५ गतेबाट लकडाउन खोल्ने निर्णय भयो । लकडाउनको समयमा अतिआवश्यक खाद्यान्न बोक्ने सबारी साधन, बिरामी बोक्ने एम्बुलेन्स सञ्चालन भएका थिए ।

लकडाउनकै बीचमा निजि सबारी साधन बाइक, कार, ट्याक्सी आदि चलाउन पाउँने निर्णय गरेको थियो । नेपाली सबै सर्वसाधारणसँग निजी सवारी साधन नभएका कारण लकडाउनको समयमा धेरै नै सास्ती खेप्नु परेको छ ।

रोगका कारणलेभन्दा पनि भोकको कारणले कति मानिसहरुले आत्महत्या समेत गरेका छ । जताततै बन्द भएको कारण कति मानिसहरुलाइ त दिन गुजारन (एक छाक खान पनि धौं धौं भएको छ) संघर्ष गरेर बाच्नुभन्दा घाटिमा पासो लगाउन बेस भन्ने सोचेर कति मानिसहरुले आत्महत्या गरेका छ ।

लकडाउनका कारण आफ्नो आम्दानी हुने बाटै बन्दा भएपछि विभिन्न सास्ती खेप्न सर्वसाधारणहरु बाध्य भएका छन । यो सबै कुरालाइ मध्यनजर गर्दै सरकारले असोज ५ गतेदेखि सरकारले सबै प्रकारको बन्द हटाएर देशभरका सवारी साधन सञ्चालन गर्ने निर्णय गरको छ ।

निषेधाज्ञा खुकुलो भए पछि कोरोना संक्रमणको संख्या बढ्न सक्छ । तर, लकडाउन मात्रै कोरोना रोकथामको उपाय हैन । हामी सर्वसाधार समेत सचेत हुना जरुरी छ ।

सबैको साथमा स्यानिटाइजर र माक्स अनिवार्य रुपमा हुनुपर्छ । बस चालकहरुले पनि यो समय भनेको पैसाको कुनै प्रलोभनमा नपरी आफू पनि सचेत हुने र यात्रुहरुलाइ पनि सचेत गराउन जरुरी छ ।

कोरोनाबाट जोगिनका लागि दुई सिट एक मान्छे भनेको छ । त्यसै गरि सवारी चालकहरुले पनि सरकारको नियम पालन गर्न जरुरी छ । पैंसाको प्रलोभनमा परि दुई सिट्मा दुई जना यात्रु राख्ने अनि भाडा लिदा चाहिँ डबल लिने भयो भने कोरोनाको डर त छदै छ, त्यसका साथसाथै यात्रुहरु मर्कामा पनि पर्छन ।

सामान्य अवस्थाभन्दा ५० प्रतिशत बढि भाडा तिर्दैमा केहि हुदैन । तर, यात्रुहरु सुरक्षीत हुन जरुरी छ । सरकारले विभिन्न ठाउमा ट्राफिक राखेर प्रत्यक सवारी साधन चेकजाँच गराउनु पर्छ । कुनै पनि सावर्जनिक सवारी साधनले दुई सिट दुई यात्रु राखेको रहेछ भने कडाइका साथ जरिवान लगाउन पर्छ ।

कोेरोना महामारीको समयमा आफ्नो मान्छे हो, केही हुन्न भन्ने तर्फ ट्राफिक र सवारी चालक मिले भन्या त्यहा जरुर रोग फैलिने छ । आफ्नो महत्वपुर्ण काम बाहेक बाहिर बढी मात्रमा जानु हुँदैन । काममा जादा पनि सामाजिक दुरी कायम गर्न पर्छ । सरकारले गरेको निर्णयलाई प्रभावकारी बनाउन हामी सबै सर्वंसाधारण् सचेत रहन जरुरी हुन्छ । आफू पनि बचौं अरुलाइ पनि बचाउ, स्वास्थ नै ठूलो धन हो । लकडाउन मात्र कोरोनाबाट बच्ने उपाय होइन ………..

प्रतिक्रिया