भारतमा काेराेना संक्रमित बढेकाे बढ्यै, एकैदिन थपिन्छन् ८०/९० हजार बढी संक्रमित !

एजेन्सी । भारतमा दिनानुदिन काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या बढिरहेकाे छ । पछिल्लाे केही सातायता एकैदिन कम्तीमा ८० देखि ९० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् । भदाै २६ गते मात्रै भारतमा ९६ हजार ५५१ जनामा संक्रमण देखिएकाे थियाे ।

पछिल्लाे २४ घण्टामा मात्रै त्यहाँ ८३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । त्यहाँकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज (मंगलबार) बिहान सार्वजनिक गरेकाे तथ्यांक अनुसार ८३ हजार ८ सय ९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

योसँगै भारतमा कूल संक्रमितको संख्या ४९ लाख ३० हजार २ सय ३७ पुगेको छ ।

यस्तै,  त्यहाँ पछिल्लाे २४ घण्टामा १ हजार ५४ जनाको मृत्यु भएको छ । हालसम्म त्यहाँ ८० हजार ७ सय ७६ जनाकाे मृत्यु भइसकेकाे छ । भारतमा हाल ९ लाख ९० हजार ६१ सक्रिय संक्रमित छन् भने ३८ लाख ५९ हजार ४ सय जना निको भइसकेका छन् ।

प्रतिक्रिया