इंग्लिस प्रिमियर लिगमा चेल्सीको सानदार सुरुवात

काठमाडौं । लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार सुरुवात गरेको छ । गएराती प्रिमियर लिगको पहिलो खेलमा चेल्सीले ब्राइटनमाथि ३-१ को सहज जित दर्ता गरेको हो ।

चेल्सीको जितमा जोर्जिन्हो, रीचे जेम्स र कुर्ट जोउमाले एक एक गोल गरेका थिए । त्यस्तै ब्राइटनका लागि एक गोल लीनड्रो ट्रोसार्डले गरेका थिए ।

चेल्सीले अब आइतबार लिभरपुलविरुद्ध खेल्दै छ भने ब्राइटनले ईएफएल कप अन्तर्गत पोर्ट्समाउथविरुद्ध खेल्दै छ । गएरातीनै सम्पन्न अर्को खेलमा वोल्भरहम्पटनले शेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया