असोज ५ गतेबाट खुला हुँदै लामो दुरीको यातायात र आन्तरिक हवाई उडान

काठमाडौं । लामाे दुरीका तथा अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुल्ने भएकाे छ ।

आज (सोमबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे हाे ।

काेराेना महामारी सुरू भए लगतै चैत्र ११ गतेदेखि सरकारले लकडाउन गरेकाे थियाे । पछिल्लाे केही समययता लकडाउन खुकुलाे गरिएतापनि लामाे दुरीका बस र हवाइ उडान भने बन्द नै राखिएकाे थियाे । केही समय जाेरविजाेर प्रणाली लागु गरी छाेटाे दुरीका सवारी साधन भने सञ्चालन गरिएकाे थियाे ।

यी दुवै खुला भएसँगै नागरिकलाई केही सहज हुनेछ ।

प्रतिक्रिया