मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

राष्ट्रिय सभा सदस्यका लागि वामदेव गौतम सिफारिस

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक डा. युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको हो ।

उनलाई अब राष्ट्रपति राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नेछिन् ।

गौतमलाई गत फागुन १४ गते राष्ट्रियसभामा पठाउने भनेर नेकपा सचिवालय बैठकले निर्णय गरेको थियो । १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले त्यही निर्णय कार्यान्वयन गर्ने सोच बनाएको जानकारी गराएका थिए ।

प्रतिकृयाहरु
Loading...