मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

चितवनमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा सोमबार गरिएको परीक्षणमा चितवनका २३ जनासहित ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना रहेका छन् । जसमध्ये १४ जना पुरुष र ७ जना महिला रहेका छन् । यस्तै खैरहनी नगरपालिका–२ का ७५ वर्षीय पुरुष र रत्ननगर नगरपालिका–१ की २६ वर्षीया महिलामा भाइरस फेला परेको छ ।

त्यसैगरि मकवानपुरका १५ जना, नवलपरासी पूर्व गैंडाकोटका २ जना, रौतहट, सर्लाही, तनहुँ र झापाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा आज कुल ३५८ नमुना परीक्षण गरिएको थियो । यस्तै आजै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका गरी ११ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ४ जना छन् । जसमा दुई जना पुरुष र २ जना महिला छन् । यस्तै कालिका नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ५ जना पुरुष र २ जना महिला रहेका छन् ।

प्रतिकृयाहरु
Loading...