‘अख्तियारले काम गर्न नसकेको दोष प्रमुख नियुक्त गर्नेले लिनुपर्छ’

कामठाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताएका छन् ।

पछिल्लो सात/आठ वर्षयता अख्तियारले साना-तिना मुद्दा लगाउने तर ठूला मुद्दाहरूलाई नदेख्ने प्रवृति देखा पर्दा उदाहरणीय काम नदेखिएको उपाध्यायको भनाइ थियो ।

“अहिले अख्तियारले उदाहरणीय काम गरेको छैन । सानातिना केसहरूमा लागेको देखिन्छ । स्टिङ अपरेसन भनेको छ, त्यसमा पनि २ हजार ३ हजार मान्छे समातिराखेको छ । केही मुद्दाहरू ठूला पनि छन् । तर, देखिनेगरी साना मुद्दाहरू मात्रै छन् ।” उनले भनेका छन् ।

यस्तै उनले अख्तियारको आरोप पत्र तयार पार्ने मान्छेसमेत नभएको टिप्पणी गरेका छन् । नेतृत्व चयन गर्दा नै होस् पुर्‍याएर नगर्दाको परिणाम विगत सात आठवर्षयता देखिएको बताए ।

विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउने उनको तर्क छ ।

प्रतिक्रिया