घाइते क्रिकेटर भण्डारीकाे थप उपचार ग्राण्डीमा

काठमाडौं । आइतबार राति दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य ललित सिंह भण्डारीकाे थप उपचार ग्राण्डीमा हुने भएकाे छ ।

आइतबार साँझ भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई से १ ख १३२४ नम्बरको ट्रकले ठक्कर दिएकाे थियाे । दुर्घटना लगतै उनलाई उपचारका लागि आइतबार राती नेपालगन्जस्थित न्युरो अस्पतालमा भर्ना गरिएकाे थियाे ।

त्यहाँ उपचार सम्भव नभएपछि अहिले थप उपचारका लागि उनलाई ग्राण्डी ल्याइएकाे हाे । उनकाे खुट्टा र हातको शल्यक्रिया गरिने भएकाे छ । घाइते भण्डारीको उपचारका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आर्थिक सहयोग गर्ने भएको छ । फास्ट बलर भण्डारी अहिले राष्ट्रिय टोलीमा भने छैनन् ।

प्रतिक्रिया