मन्त्रिपरिषद् बैठकमा विद्युत प्राधिकरण र अख्तियार प्रमुखको विषयमा छलफल हुने, अरु के–के छन् एजेन्डा ?

काठमाडौं । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकमा केही महत्वपूर्ण निर्णय हुने बुझिएको छ । स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख, नेपाल विद्युत प्राधिकरणको कार्यकारीलगायतको विषयमा छलफल हुने भएको छ ।

आजको बैठकमा प्रवक्ताको जिम्मेवारी समेत तोकिने सम्भावाना रहेको छ । अर्थ तथा सञ्चार समेत रहेका डा. युवराज खतिवडाले भदौ २० गते राजीनामा दिएसँगै प्रवक्ताका पद पनि खाली छ । आज सो पदका लागि पनि जिम्मेवारी तोकिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल र अख्तियार प्रमुख नवीन घिमिरेको कार्यकाल आइतबार सकिएको छ । उनीहरुको ठाउँमा पनि नियुक्त गरिने छ ।

बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने वा नगर्ने विषयमा पनि निर्णय गर्ने छ ।

 

प्रतिक्रिया