काेराेना अपडेटः ११७० जनामा संक्रमण पुष्टि, ८७९ डिस्चार्ज, १५ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार १७० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरे ।

उनका अनुसार पछिल्लो २४ घण्टामै थप ८७९ संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । जसमध्ये ३९ हजार ५७६ जना डिस्चार्ज भइसकेका छन् ।
१५ हजार ३९३ सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लाे २४ घण्टामा थप १५ जना संक्रमितकाे मृत्यु भएकाे छ । याेसँगै मृतक संख्या ३६० पुगेकाे छ ।

यस्तै क्वारेन्टिनमा ६ हजार ८९२ जना रहेका छन् ।

प्रतिक्रिया