सुशान्तको सम्झनामा रूख रोप्ने अभियान

एजेन्सी । सुशान्तसिंह राजपूतकी बहिनी श्वेता सिंह कीर्तीले सोशल मीडियामा निरन्तर आफ्नो भाइसँग सम्बन्धित पोस्टहरू साझेदारी गरिरहेकी छन् । अब श्वेताले सुशान्तको लागि एउटा गीत समर्पित गर्न लागेकी छिन् । साथै सुशान्तकाे न्यायको लागि पनि खोजी गरिएको छ ।

सुशान्तको सम्झनामा बहिनीको ट्वीट
भिडियो साझेदारी गर्ने क्रममा श्वेताले क्याप्शनमा लेखेकी छन्–‘आज ९० दिन बित्यो भाइले आफ्नो शरीर छोडर गएको । यो गीत मेरो भाइको सम्मानमा समर्पित गर्दैछु । यो गीतले हाम्रो जीवनमा सुशान्तको उपस्थितिलाई मनाउँदैछ ।

भिडियोमा सुशान्तका धेरै क्लिपहरूलाई मिलाएर कम्पोज गरिएको छ । यसमा सुशान्तको दुर्लभ फोटो र भिडियोहरू समावेश गरिएका छन् । यसभन्दा पहिले, श्वेताले एक पोस्टमा लेखकी थिइन् – ‘विश्वले सुशान्तको न्यायको लागि बिन्ती गरिरहेको छ । हामीलाई सम्पूर्ण सत्यता जान्न कति समय लाग्छ ? न्यायको लडाइँ जीवितै राख्न सुशान्तको दिदीले भाईको लागि नयाँ अभियान चलाउँदैछन् ।’

आजको दिन सुशान्तका लागि रूख रोप्ने अभियान रहेको छ । यस अन्तर्गत, विश्वभरका व्यक्तिहरू सुशान्तको नाममा रूख रोपेर उनीहरूले भिडियो र फोटो साझेदारी गरिरहेका छन् ।

देशका तीन प्रमुख एजेन्सीहरूले सुशान्तको मृत्युको छानबिन गरिरहेका छन् । यसमा ईडी, एनसीबी र सीबीआई समावेश छन् ।

एनसीबीले सुशांतकी प्रेमिका रिया चक्रवर्तीलाई ड्रग्स प्रकरणमा पक्राउ समेत गरेको छ ।

प्रतिक्रिया