कपिलवस्तुकी ४७ वर्षीया कोरोना संक्रमितकाे मृत्यु

रुपन्देही । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट कपिलवस्तुकी एक महिलाकाे मृत्यु भएकाे छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएकाे हाे । आज (सोमबार) ४:३० बजे मृत्यु भएकाे लुम्बिनी प्रदेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा भदाै २१ गते मिर्गौलाको डायलिसिस गराउन आएकी थिइन् । काेराेना पाेजेटिभ देखिएपछि उनलाई कोरोना विशेष अस्पताल बुटवलमा लगिएको थियो । उपचारकै क्रममा उनकाे मृत्यु भएकाे हाे ।

प्रतिक्रिया