प्रिमियर लिगः एभर्टनले टोटेनहमलाई हरायो

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा एभर्टनले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको जितमा डोमिनिक काल्भेर्ट लेविनले खेलको एक मात्र गोल गरेका हुन् । उनले खेलको ५५ औ मिनेटमा गोल गरेका हुन् । यस सिजनमा एभर्टनले कोलम्बियाका जेम्स रोड्रीगेज, ब्राजिलका अलान र फ्रेन्च खेलाडी अब्ड़ोउलाए डोउकोउरेले डेभ्यु गरेका छन् ।लेस्टरको जितमा भार्डीको दुई गोल
इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले वेस्ट बोर्नलाई ३-० गोल अन्तरले पराजित गरेको छ । लेस्टरको जितमा जेमी भार्डीले २ गोल गरे भने टिमोथी कास्टान्गेले एक गोल गरेका थिए ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा ५६औ मिनेटमा टिमोथीले लेस्टरका लागि गोल गर्दै लेस्टरमा आफ्नो डेभ्यु गोल गरेका थिए । त्यसपछि खेलको ७४औ र ८४औ मिनेटमा भार्डीले पेनाल्टीबाट गोल गर्दै लेस्टरलाई ३–० ले विजयी बनाएका थिए ।

प्रतिक्रिया