वीपी प्रतिष्ठानमा उपचाररत मोरङका कोरोना संक्रमितको मृत्यु

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको धनपालथान ६ का ४० वर्षीय पुरुषको उपचारका क्रममा गएराती ८ः४५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार भदौं २६ गते पीसीआर पोजेटिभ देखिएका ती पुरुषको साेहि दिनदेखि ‘कोभिड’ अस्पतालमा उपचार भइरहेको थियो । उनमा पहिलेदेखि दीर्घ रोग भने नरहेको प्रवक्ता सापकोटोले बताए ।

मृतकको शव व्यवस्थापनको तयारी भइरहेका छ । यसअघि आइतबार दिउँसो पनि विराटनगरका ७० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया