आज भाद्र २९ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल भाद्र २९ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–द्वादशी,४० घडी ३३ पला,बेलुकी १० बजेर ०२ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–तिष्य,१८ घडी ५७ पला,दिउसो ०१ बजेर २४ मिनेट उप्रान्त अश्लेषा । योग–परिध,१६ घडी ४८ पला,दिउसो १२ बजेर ३२ मिनेट उप्रान्त शिव । करण–कौलव,बिहान १० बजेर ३३ मिनेट उप्रान्त तैतिल,बेलुकी १० बजेर ०२ मिनेट उप्रान्त गर । आनन्दादिमा–धाता योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान ३० घडी ४७ पला । द्वादशी श्राद्ध। बालदिवस।

आजको बार बेला ।
बिहान ५ बजेर ४९ मिनेटसम्म अमृत बेला ।
बिहान ५ बजेर ५० मिनेटदेखी बिहान ७ बजेर २१ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर २२ मिनेटदेखी बिहान ८ बजेर ५४ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ५५ मिनेटदेखी बिहान १० बजेर २६ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर २७ मिनेटदेखी मध्यान्ह ११ बजेर ५८ मिनेटसम्म उद्वेग बेला ।
मध्यान्ह ११ बजेर ५९ मिनेटदेखी दिउसो १ बजेर ३१ मिनेटसम्म चर बेला ।
दिउसो १ बजेर ३२ मिनेटदेखी दिउसो ३ बजेर ०३ मिनेटसम्म लाभ बेला ।
दिउसो ३ बजेर ०४ मिनेटदेखी साझ ४ बजेर ३५ मिनेटसम्म अमृत बेला ।
साझ ४ बजेर ३६ मिनेटदेखी बेलुकी ७ बजेर ३५ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०७ बजेर ३२ मिनेटदेखी बिहान ०६ बजेर ५३ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घर जग्गा तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला बिचौलियाहरुले फसाउन सक्छन् । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । सामाजिक काममा समय खर्चिय पनि जनताबाट भनेजस्तो समर्थन पाउन मुस्किल रहेकोछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) तर्क र बहसमा तपाईँको पकड गतिलो रहनेछ भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ । परिवानजनको सहयोगले दिन उत्साहपूर्वक वित्नेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुनेछन् । सानो लगानिबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । छोटो दुरिको यात्रा हुने योग रहेकोछ । बिग्रन लागेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला पैसाकै कारणले आफन्त वा साथिभाई बीच मनमुटाव सिर्जना हुनेछ । बोलिको प्रभाव घट्ने हुनाले बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा भनेजस्तो आम्दानि गर्न कठिन रहेकोछ । साथिभाई तथा आफन्तहरु तपाईको आलोचना गर्न लागि पर्नेछन् । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ खानपानमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुने हुनाले काम गर्न आट आउनेछ । खाद्यान्न,औषधी तथा निर्माण सामाग्रीहरुको व्यापारमा वृद्धि हुनेछ भने अन्य व्यापारमा मन्दि आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य सम्बन्धी समस्या आउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउमा श्रम तथा शक्ति खर्च हुन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइ कमजोर रहनेछ । प्रेममा धोका तथा बिश्वासघात हुनेछ ध्यान दिनुहोला । व्यापार व्यावासायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चनु पर्ने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्राकृतिक स्रोत तथा साथनको कारोबारबाट मनग्गे आम्दानि हुनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुनाले काम गर्न थप सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीचको सम्बन्ध झन कसिलो भएर जानेछ । अध्यानमा प्रगति गर्न सकिने हुनाले गुरुवर्गहरु खुसि हुनेछन् । सरकारि धन तथा पैत्रिक धन सम्पती हात लाग्ने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खाद्यान्न तथा औषधिजन्य समानको व्यापार फस्टाएर जाने तथा भनेजस्तो आम्दानि हुनेछ । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ भने तपाईँबाट राम्रा निर्णय हुनाले सबैतिर चर्चा हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ । गित संगीत तिर ध्यान जानेछ भने बाहिरि गतिबिधिमा भाग दिई नाम कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । पढाइ लेखाइमा राम्रा प्रगति गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ योजना केहि दिनका लागि थाति राख्नुहोला समय मध्ययम रहेकोछ । व्यापार व्यावासमयमा प्रशस्त समय खर्चिए पनि थोरै नाँफा हुनेछ । सहयोगी तथा आफन्तले हात झिक्नाले समस्या बढ्नेछ । आषा देखाउने हरुले नै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ । पढाइ लेखाइमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । चेलि माईती बीचको सम्बन्धमा दुरी केहि बडेजस्तो हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा साथि भाईसँग रमाईलो यात्राको तय हुने तथा यात्राका क्रममा मिठा मिठा परिकारका स्वाद लिदै दिन कटाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा भावना साटासाट गरि समय व्यातित गर्न सकिनेछ । खोजमुलक क्षेत्रमा समय बित्ने हुँदा मन प्रशन्न रहनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थले साथ दिने हुँदा शाहसिलो काम गर्न आट आउनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईँको काममा सहयोग हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ईमान्दार तथा परिश्रमी भएर जीवनशैलिमा परिवर्तन ल्याउन सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो हुनुका साथै घर परिवारमा आफन्तसँगको सम्बन्ध थप प्रगाड बनाउन सकिनेछ । पढाइ लेखाइमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि तथा व्यापार फस्टाएर जाने समय रहेकोछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया