कोरोना अपडेट : उपत्यकाका थप ४३५ जनामा संक्रमण पुष्टि, ९ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घण्टामा उपत्यकामा थप ४३५ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

काठमाडाैंका ४८३, भक्तपुरका ८१ र ललितपुरका ३३ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

याेसँगै काेराेना संक्रमित संख्या भक्तपुरमा ९०७, काठमाडाैंमा ९ हजार १०३ र ललितपुरमा एक हजार १२९ पुगेकाे छ ।

यस्तै पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप ९ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृतक संख्या ३४५ पुगेकाे छ ।

आज आइतबार एकैदिन एक हजार ३९ जनामा संक्रमण पुष्टि भएकाे छ ।

प्रतिक्रिया