जापानिज खेलाडी ‘हिमाली चितुवा’ सँग पहिलाे राउन्डमै पराजित

काठमाडौं । नेपालका खेलाडी एवम् ‘हिमाली चितुवा’ नामले परिचित अबिरल घिमिरेले जापानिज खेलाडीलाई पहिलो राउन्डमै ढालेका छन् । लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका घिमिरले आइतबार जापानिज खेलाडीलाई हराउँदै अर्को कीर्तिमान कोरेका हुन् ।

उनले २५ वर्षीय जापानिज खेलाडी थातुयालाई पराजित गरेका हुन् । काठमाडौंकोे चन्द्रागिरी निवासी घिमिरेले जापानी खेलाडीलाई पहिलो राउन्डमा नै नकाआउट हानेका थिए ।

जीतपछि निकै हर्षित मुद्रामा घिमिरेले भने, ‘मुलुकको नाम राख्न सकेकोमा खुशी लागेको छ । यो जित भने करिअरकै महत्वपूर्ण जितका रुपमा हेरेको छ । आगामी दिनमा पनि नेपालको झण्डा बोकी विश्वसामु देशको नाम चम्काउन प्रयासरत रहन्छुु,’ घिमिरेले भने ।

प्रतिक्रिया