बाघको ८१ वटा हड्डीसहित एक जना पक्राउ

वालिङ । बाघको हड्डीसहित एक जना पक्राउ परेका छन् । बाघको जस्तो देखिने हड्डी लुकाइछिपाई राखेको भन्ने सूचनाका आधारमा खटिएकाे प्रहरी टाेलीले एक जनालाई पक्राउ गरेकाे हाे ।

पुतलीबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपाली पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

खानतलासीका क्रममा प्रहरीले घरको दोस्रो तलामा काठको ठेकीभित्र लुकाइ राखेको बाघको जस्तो देखिने शरीर, टाउको, बङ्गारा, च्यापुसमेत साना तथा ठूला गरी जम्मा ८१ हड्डी बरामद गरेकाे छ । उक्त बरामद हड्डी आज डिभिजन वन कार्यालयमा आवश्यक कारबाहीका लागि पठाइएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया