कोरोना संक्रमणबाट आँबुखैरेनीकी ७६ वर्षीया महिलाको काठमाडाैंमा मृत्यु

दमौली । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ ।

तनहुँको आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे । उनकाे भदौ २४ गते काठमाडाैंस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जनाएको छ ।

उनीमा मुटुसम्बन्धी समस्या थियाे । भदौ २० गते अस्पताल भर्ना भएका उनलाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया